१४ बैशाख २०८१, शुक्रबार

पोखराको तालबराही मन्दिरमा वर्षकै सबैभन्दा बढी दर्शनार्थीको भिडभाड


असोज १९, पोखरा | पोखराको धार्मिक तथा पर्यटकीय तिर्थस्थल तालबराही मन्दिरमा आज (विहिबार) कोजाग्रत पुर्णिमा पर्वको अवसरमा दर्शनार्थीहरु भिड लागेको छ । फेवातालमा डुंगा सयर गर्दै मन्दिरमा जाने दर्शनार्थीहरुको बिहानै देखि भिड लागेकोे हो ।

मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ दर्शनार्थीहरुले बिहानै देखि तालबराही मन्दिरमा दर्शन गर्न र दशैंको जमरा सेलाउन पनि मन्दीरमा जाने गर्नाले मन्दिरमा बर्षकै सबै भन्दा बढी भिडभाड हुने भएको तालबराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिकमत बहादुर कुंवरले बताए । बिहानै देखि दशनार्थीहरुको अत्याधिक भिडभाड भएको तालबराही मन्दिर भित्रै पसेर कोजाग्रत पुर्णिमाको दिनमा दर्शन गर्न नसकिने भएकोले गर्दा ढोकाबाटै दर्शन गर्न व्यावस्था मिलाएको तालबराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिकमत बहादुर कुंवरले बताए । मन्दिर भित्र पुजारीहरु रहेकोले दर्शनार्थीहरुले दिएको फुल, प्रसाद र भेटि मन्दिरको ढोकाबाटै बढाउने ब्याबस्था मिलाएको उनले जनाए ।

बर्षकै सबै भन्दा बढी दर्शनार्थीहरुको भिड हुने दिनको रुपमा रहेकोले मन्दीरमा दर्शनार्थी सहित पर्यटकहरुलाई लैजान शनिबार बिहान देखि डुंगा व्यवसायीहरुलाई भ्याई नभ्याई भएको छ । अन्य दिनमा हप्तामा २-३ दिनमा पालो आउने गरेको भए पनि कोजाग्रत पुर्णिमामा भने एउटैको ८ देखि १० पटक सम्म पाललो पर्ने गरेको एक डुंगा व्यवसायि एवं कार्यक्रम संयोजक वत्तीप्रसाद गुरुङले बताए । दशैं पर्वको नवदुर्गा देखि कोजाग्रत पुर्णिमासम्म दर्शनार्थीहरुको भिडभाड हुने भएकोले गर्दा आफुहरुले स्वयम सेवक देखि डुंगा चालकहरु समेत प्राप्त मात्रमा उपलब्ध गराउने गरेको उनले बताए ।

बाराही घाटदेखि तालबराही मन्दिरमा मात्र जान-आउनको लाग प्रति व्यक्ति ६० रुपैया शुल्क लाग्छ, छत्रे डुंगामा १२ जनासम्म एकै पटकमा एक पटकमा वोक्ने गर्दछ। बाराही घाटमा मात्र ३ सय ५६ वटा डुंगा रहेका छन । दशैंको अवसरमा रिर्जवको रुपमा डुंगा पर्यटकहरुले बढी लिने गरेको एक डुंगा व्यवसायि पृतम कुंवरले बताए । प्रति घण्टा ५ सय रुपैया सम्म लिने गरेका छन । लाइफ ज्याकेट अनिवार्य गरेसंगै हाल केहि पर्यटकहरुले बिचमा गयर लाइफ ज्याकेट खोने गरेकोले डुंगा व्यवसायिहरुले अनवार्य रुपमा लगाउन आग्रह गर्दै आएको समितिका अध्यक्ष बुद्धि बहादुर नेपालीले बताए ।

समितिसंग लाईफ ज्याकेट एक हजार थान रहेका छन भने प्रति लाईफ ज्याकेट लगाएको १० रुपैया शुल्क लाग्ने गर्दछ। दशैंको समयमा डुंगा सयर गर्नेहरुको बढी भिडभाड हुने् हुदा सशस्त्र प्रहरीको रेस्क्यू टिम समेत विहानै देखि टावरमा सतरक अवस्थामा रहेको छ । सशस्त्र प्रहरी सहायक निरिक्षक दिपक सिग्देलको नेतृत्वमा ७ सदस्य गोताखोर सहितको रेस्क्यू टिम डुंगा संचालन हुने समयसम्म तयारी अबस्थामा रहेदै आएको छ । तालवराही मन्दिरमा भिडभाड भएसंगै बाराही घाट क्षेत्रमा हाट बजर समेत संचालन भएको छ। दैनिक उपभोग्य बस्तु, लक्ता कपडा, खेलौना देखि हस्तकलाका सामानहरु समेत हाट बजरमा विक्रिको लागि राखिएको छ । करिब २ सय भन्दा बढी व्यावसायिक व्यापारीहरु हार्ट बजारमा रहेका छन ।

काठमाण्डौंबाट आफ्ना श्रीमानसंग पोखराको तालवराही मन्दिर सहित पोखरा भ्रमणमा निस्केकी सृष्टि सिंहले करिब एक घण्टा लाईनमा बसेर डुंगाको पालो पाए पनि फेरी मन्दिरमा दर्शन गर्न पनि एक घण्टा भन्दा बढी समय पर्खेर तालवराही मन्दिरमा दर्शन गर्नु पर्योे। आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक विश्वासले गर्दा र दशैंको समयमा तालबराही मन्दिरमा डुंगा सयर गर्न पाईने भएकोले गर्दा पनि तालबराही मन्दिररमा दर्शन गर्न आएको उनले बताईन । उनले भनिन “ पहिला सुनेकी थिए, पोखराको तालवराही मन्दिरमा दर्शन गर्न डुंगा सयर गरेर जानुपर्छ भनेर, घन्टौं लाईनमा बसेर दर्शन गर्न पाउदा पनि हमी धेरै खुसि छौं, यो मेरो पहिलो अनुभव हो । ” त्यस्तै तालवराही मन्दिरमा दर्शन गर्न हेटौंडबाट आएका एक बृद्ध बालाराज सिल्वालले दशैंको अवसरमा कोज्राग्रत पुर्णिमामा तालवराही मनिदरमा दर्शन गर्नाले मनोकाक्षा पुरा हुने विश्वासले गर्दा दर्शन गर्न पोखरा आएको बताए । सिंह र सिल्वाल जस्ता हजारौं दर्शनार्थीहरु देश तथा विदेशबाट दशैंको अवसरमा त्यसमा पनि कोजाग्रत पुर्णिमाको दिनमा तालवराही मन्दिरमै दर्शन गर्न जाने गर्दछन्।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !