१४ बैशाख २०८१, शुक्रबार

खोटाङको सुन्दर पर्यटकीय गन्तब्य बराह पोखरी (फोटो फिचर)


बराह पोखरी

बराह पोखरी खोटाङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराह पोखरी गाउँपालिकामा अवस्थित छ । बराह पोखरीमा बराहमाई र शङ्खेश्वरको पूजा आराधना गरे चिताएको पूरा हुने र पोखरीमा नुहाए मोक्ष पाउने विश्वास गरिन्छ । जीवनमा सधैँ शान्ति कायम होस् भन्दै यहाँ परेवा उडाउने पनि गरिन्छ ।

उदयपुर जिल्लाको रौताहा पोखरी र खोटाङको बराह पोखरी दिदिबहिनी भएको किम्बदन्ती रहेको छ । किम्बदन्तीका अनुसार शुरुवातमा बराहपोखरीमा भ्यागुता र रौताहामा रातोमाछा रहेको बेला दिदिबहिनीको झगडा भएको र झगडामा बराहापोखरीले भ्यागुता पठाएको र रौताहाले रातोमाछाले हिर्काएको भनाई रहेको छ ।

शान्ति, समृद्धि र मनोकांक्षा पूरा होस् भनेर जोडी परेवा उडाउने चलन छ । युवा-युवतीले एक-आपसको प्रेस र मनोकांक्षा पूरा होस् भनेर जोडी परेवा उडाउँने गर्दछन् । मुक्त आकाशमा उडेको परेवाझैँ शान्तिपूर्वक जिउन सकिने विश्वासमा युवा–युवतीले परेवा उडाउने गरेका छन् । यो तालमा नुहाए रोग पखालीका साथै पाप पखालिने विश्वास गरिन्छ ।

यसलाई सौन्दर्यकी खानीभन्दा फरक पर्दैन । संसारमै नौलो प्रजातिको रातो माछा बराहपोखरीमा पाइन्छ । यो तालमा रातो माछा पाइन्छ । यो पनि आकर्षणको एउटा विन्दु बनेको छ । तालमा ढुङ्गा शयर गर्न पाइने भएकाले युवायुवतीको रोजाइको विन्दु बनेको छ । युवा–युवातीको जोडीले जिन्दगीका बारेमा परिकल्पना गर्दै डुङ्गा शयर गरे चिताएको पूरा हुने भनाइ छ ।

बराह पोखरी

बराह पोखरी

बराह पोखरी

बराह पोखरी

बराह पोखरी

यो पनि पढ्नुहोस्

लकडाउनमा सुनसान देखियो पशुपतिनाथ क्षेत्र (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !