२६ बैशाख २०८१, बुधबार

थुनामा राख्ने आदेशविरुद्ध महराद्वारा उच्च अदालतमा निवेदन दर्ता


६ मंसिर, काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । महराका कानुन व्यसायी मुरारी सापकोटाले सो कुराको जानकारी दिएका हुन् ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

एक तह मुनीको अदालतले गरेको आदेश विरुद्ध पुनरावअलोकनका लागि एक तह माथिको अदालतमा आवेदन गर्न पाउनु कानुनी व्यबस्था छ । उनलाई डिल्लीबजार कारागारमा राखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !