२५ बैशाख २०८१, मंगलबार

दिल्लीमा पेट्रोलको मूल्य वृद्धि


petrol bharat

३ माघ, काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यले भारतीय बजारमा यतिखेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । भारतीय आयल निगम (आईओसी) ले आफ्नो आधिकारिक वेवसाइटमा उल्लेख गरेअनुसार राजधानी नयाँ दिल्लीमा बुधबार पेट्रोलको मूल्य प्रतिलिटर ७१ रुपैयाँ ३९ पैसा (भारतीय रुपैयाँ) पुगेको छ । त्यस्तै, डिजेलको यस्तो मूल्य ६२ रुपैयाँ ६ पैसा भारु पुगेको छ ।

पेट्रोल भने साढे तीन वर्षयताकै उच्च बिन्दूमा पुगेको छ । १६ साउन २०७१ मा पेट्रोलको मूल्य प्रतिलिटर ७२ रुपैयाँ ५१ पैसा भारु थियो ।
भारतमा यतिखेर पेट्रोलियमको मूल्य दिनदिनै उकालो चढिरहेको छ । गत आइतवार ७१ रुपैयाँ ६ पैसा भारु प्रतिलिटर रहेको पेट्रोलको मूल्य सोमबार ७१ रुपैयाँ १८ पैसा भारु र मंगलवार ७१ रुपैयाँ २७ पैसा भारु पुग्यो । त्यस्तै, आइतवार डिजेलको मूल्य ६१ रुपैयाँ ५६ पैसा भारु रहेकामा सोमबार ६१ रुपैयाँ ७४ पैसा भारु हुँदै मंगलबार ६१ रुपैयाँ ८८ पैसा भारु पुग्यो ।

करिव १५ दिनको अवधिमा त्यहाँ पेट्रोलको मूल्य प्रतिलिटर झण्डै डेढ रुपैयाँले बढेको छ भने डिजेल झण्डै अढाई रुपैयाँले बढेको छ । भारतीय बजारको भन्दा निकै सस्तो भएकाले नेपाल आएको पेट्रोलियम तस्करी वा अन्य विभिन्न माध्यमवाट भारत नै फर्किने गरेको निगम बताउँछ । त्यसको चापले माग धान्न निगमलाई निकै सकस पर्दै आएको निगमका अधिकारीहरू बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !