२४ बैशाख २०८१, सोमबार

आज पनि मन्त्रिपरिषदको बैठक बस्न अनिश्चित


goverment

२४ पुस, काठमाण्डौ । सोमबार बस्ने भनिएको मन्त्रिपरिषदको बैठक अनिश्चित भएको छ । आज हुने मन्त्रिपरिषदको बैठकले सातवटै प्रदेश प्रमुखको नियुक्ति गर्ने भनिएपनि बैठक बस्ने अनिश्चिततासँगै प्रमुखको नियूक्ति पनि अन्यौलमा परेको हो । मन्त्रिपषिद बैठक १२ बजेसम्म नवोलाइएकाले आज बस्ने सम्भावना कम रहेको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले बताए ।

सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्न दलहरुसँग गरेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि सरकार यस विषयमा निर्णय गर्न हच्किएको छ । प्रदेश राजधानी माग्दै भएको आन्दोलनपछि तत्काल राजधानी नतोक्ने मनस्थिति बनाएको सरकारले प्रमुख नियुक्ति गर्ने तयारी गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !