१९ बैशाख २०८१, बुधबार

डोटीमा खानेपानीको मुहान सुकेपछि भगवतीलाई बोका बली


doti

२३ पुस, डोटी । लामो समय देखि वर्षा नहुँदा खानेपानीको मुहान समेत सुक्न थालेपछि जोरायल गाउँपालिका-४ बाँजिलेकवासीले पानी पारिदिन भन्दै भगवतीलाई बोको बली दिएका छन् । करिब ६५ घरधुरी रहेको बाँजिलेकमा सञ्चालित खानेपानीको योजनामा खडेरीका कारण पानी कम भएपछि चिन्तित स्थानीयवासीले पानी पारिदिने आशमा भगवतीको पूजासहित बोको बली दिएका हुन् ।

संकटका बेला भगवान सम्झिने परम्परागत विश्वास अनुसार बोका चढाएर मालिकामाई भगवतीको पूजाआजा गरिएको स्थानीयवासीले जनाएका छन् । पानी सुक्दै गएपछि गाउँबाट करिब एक घण्टाको दुरीमा रहेको मुहानबाट पानी बोकेर खानुपर्ने अवस्था आएको स्थानीय शिक्षक भोजबहादुर थापाले बताए । पहिलेका दिनहरुमा भगवती पूजामा बाख्राका पाठी र कुखुराका चल्लाले पूजा गरिंदै आएकोमा आजकाल भने बोका काटेरै पूजा गर्न थालिएको थापाले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !