२३ बैशाख २०८१, आइतबार

झापामा २ महिने शिशुको मृत्युपछि कोरोना रिपोर्ट आयो पोजेटिभ


मेची अस्पताल

झापा, असोज २१ । झापा जिल्लामा २ महिने शिशुको मृत्युपछि कोरोना रिपोर्ट आयो पोजेटिभ आएको छ । झापाको मेची अस्पतालमा उपचारको क्रममा मृत्यु भएका २ महिने शिशुमा कोरोना संक्रमण देखिएको हो ।

भद्रपुर नगरपालिका-८ का शिशुमा निमोनिया भई श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो मंगलबार बिहान मेची अस्पताल पुर्‍याइएको थियो । मृतक शिशुमा कोरोनाको लक्षण देखा परेपछि मध्यान्ह् १२ बजे स्वाब संकलन गरिएको अस्पतालले जानकारी दिएको छ ।

शिशुमा श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि स्वाब लिएको ६ घण्टाभित्रै शिशुको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालले शिशुको मृत्यु भएको जानकारी आफन्तलाई दिएपछि आफन्तले शिशुको शव बुझेर घर लगेको ३ घण्टापछि कोरोना पुष्टिको रिर्पोट आएको थियो ।

मृतक शिशुमा संक्रमण पुष्टि भएपछि उनको घर आसपास क्षेत्र सिल गरिएको छ । शिशुसँगै सम्पर्कमा रहेका अन्य परिवारका सदस्यको स्वाब पनि बुधबार लिइने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । भद्रपुर नगर स्वास्थ्य शाखाका अनुसार शिशुको दाहसंस्कारका लागि नेपाली सेनालाई जिम्मा लगाइने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !