२६ बैशाख २०८१, बुधबार

मुलुकभर विपद् घटना अपडेट : आजमात्रै ३३ को मृत्यु, ३४ बेपत्ता


जाजरकोट पहिरो

काठमाडौँ, २६ असार । भारी वर्षासँगै आएको बाढी, पहिरोमा परेर आज मुलुकभर २३ जनाले ज्यान गुमाएका छन् । अन्य ३४ जना बेपत्ता । कतिपय ठाउँमा उद्धार टोली जान नसकेको र कतिपय स्थानमा उद्धारको क्रम जारी रहेकाले अझै यकिन विवरण आइनसकेको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ । म्याग्दी, जाजरकोटमा उद्धार टोलीसमेत पुग्न नसकेकाले गाउँकै सानो उद्धार टोलीले काम गरिरहेको छ । हेलिकप्टर जाने तयारी गरिए पनि खराब मौसमका कारण जान नसकेको केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिनुभयो । स्थानीय तह, रेडक्रम, स्थानीय प्रशासनलगायतको समन्वयमा राहत तथा अन्य व्यवस्थापनको काम जारी रहेको जनाइएको छ ।

प्राप्त विवरणानुसार म्याग्दीको धवलागिरि गाउँपालिका लगायत विभिन्न स्थानमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको र अन्य २९ जना वेपत्ता रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले राससलाई जानकारी दिनुभयो । प्रहरी टोलीले सो क्षेत्रमा उद्धार कार्य जारी राखेकोसमेत उहाँले बताउनुभयो ।

जाजरकोटको चारेकोट गाउँपालिका–४ जिरीमा पहिरो जाँदा सात को मृत्यु भएको छ भने अन्य ५ जना बेपत्ता छन् । कास्कीको सराङ्कोट, हेम्जा र पैतेडाँडामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् ।

लम्जुङको बेँसीशहर नगरपालिका–७ स्थित सातबिसेमा विपद्मा परेर ३ जनाको मृत्यु भएको छ । गुल्मी र रुकुममा पनि विपद्बाट ३ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

यसअघि बिहीबार सिन्धुपाल्चोकको बाह्रबिसे लगायत क्षेत्रमा ठूलो भेलपहिरो खस्दा २ जनाको मृत्यु भएको र अन्य २० जना अझै बेपत्ता रहेको केन्द्रले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !