१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ३५ पुग्यो


मृत्यु

२२ असार, काठमाडौँ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बागलुङको क्वारेन्टिनमा मृत्यु भएका १ जना युवकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । केही समय अगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका-४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका २९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको थियो ।

बागलुङ जिल्लाको निसिखोला गाउँपालिका-३ स्थायी ठेगाना भएका उनको असार २१ गते मृत्यु भएको थियो । उनी भारतवाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए । लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौला सम्बन्धी रोगबाट पीडित पनि थिए ।

यो पनि पढ्नुहोस् 

बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु