८ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो


मृत्यु

२० असार, काठमाडौँ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार गोरखा जिल्लाको गोरखा अस्पतालमा उपचाररत ४४ वर्षीय कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको जानकारी दिएका छन्‌ । पालुङटार नगरपालिका-७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान ५:०५ बजे मृत्यु भएको थियो ।

कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । उनी कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका थिए । साथै उनी मधुमेह रोगका दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै जटिल निमोनियाबाट ग्रसित समेत भएका थिए ।

साथै रुपन्देहीको देबदहका ७५ वर्षीय बृद्धको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाबको रिपोर्ट १८ गते आएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको भोलिपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !