२२ बैशाख २०८१, शनिबार

यातायात व्यवसायीले चारबुँदे माग राखेपछि यातायातमन्त्री नेम्वाङले यतिसम्म भन्न भ्याए !


वसन्त कुमार नेम्वाङ

२६ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले भेट गरेका छन् । उक्त भेटमा असोज १ गतेबाट यातायात चलाउने जानकारी दिएका छन् । साथै शुक्रबार मन्त्री नेम्वाङलाई भेटेर चारबुँदे माग समेत राखेका छन् ।

उनीहरुको माग यस्तो छ, “असोज १ गतेबाट अन्तर जिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारी पनि चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरमा भएको अनियमितताबारे छानविन गर्नुपर्ने र सवारीको आयु तोकेर दर्ता तथा नविकरण रोक्ने निर्णय खारेज गर्नुपर्ने जस्ता आदि ।”

मन्त्री नेम्वाङले सरकार राहत दिनसक्ने अवस्थामा नभएको बताए । मन्त्री नेम्वाङले भनेका छन्, ‘गाडी चलाउने नचलाउने मैले मात्र भनेर हुँदैन, स्वास्थ्य मन्त्रालय र अरु निकाय पनि छन् । चर म तपाईहरुको कुरा प्रधानमन्त्रीसम्म पुर्‍याउँछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !