२२ बैशाख २०८१, शनिबार

सरकार र यातायात व्यवसायीबीच सहमति : बिहीबारदेखि जोरबिजोरले सार्वजनिक सवारीसाधन चल्ने


बिहीबारदेखि जोरबिजोरले सार्वजनिक सवारीसाधन चल्ने

काठमाडौँ, साउन ५ । आउँदो बिहीबार साउन ८ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार भएका छन् । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा पुगेको हो।

यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्नेगरी विभागले सहजीकरण गर्ने सहमति भएको छ । यातायात श्रमिक काेराेनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपुर्तिका लागि सरकारकाे तर्फबाट काेष स्थापना गर्न विभागले सम्बन्धीत मन्त्रालयमा सिफारिस गर्ने भएको छ ।

यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाईजर, पन्जा, पिपिई) सम्बन्धीत व्यवसायीले उपलब्ध गराउने सहमति भएको पनि छ ।

लामाे, छाेटाे र मध्यम दुरीका सबै सवारी साधनहरू सञ्चालन गर्न विभाग मार्फत सम्बन्धीत मन्त्रालयमा सिफारिस गर्नेछ । सञ्चालन हुने सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्वर र बिजोर गतेका दिन बिजोर नम्वरका मात्रै संचालन हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !