१९ बैशाख २०८१, बुधबार

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी राजु अर्याल नियुक्त


राजु अर्याल

काठमाडौं, साउन ११ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजु अर्याल तोकिएका छन् । सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्याललाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बल नेपालले जानकारी गराएको छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !