७ कार्तिक २०७७, शुक्रबार

भ्रष्टाचार विषयलाई लिएर नागरिक समाज र कर्मचारीबीच द्वन्द्व



जलेश्वर, २ असोज । महोत्तरीको मा भ्रष्टाचार र अनियमितता भएको विषयलाई लिएर नागरिक समाजका अगुवा र कर्मचारीबीच द्वन्द्व शुरु भएको छ ।

नागरिक समाजका अगुवाहरुले जलेश्वर नगरपालिकाका नाला, सडक, शहिद गेट र पर्खाल निर्माण, सडकमा बत्ती जडान, कोरोनाको नाममा आएको सहयोग र गरिएको खर्च, गत वर्षमा बाढीको नाममा भएको राहत वितरण, कर्मचारी भर्ना उपभोक्ता समिति निर्माण र मोटरसाइकल खरिद प्रक्रियामा भएको भ्रष्टाचार तथा अनियमितताको छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजूरी दर्ता गराएपछि द्वन्द्व शुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको १७ बुँदे मागसहित आन्दोलनमा उत्रेका नागरिक समाजका अगुवाहरुले विभिन्न वडाका योजनाहरू, कृषि सिँचाइ, सडक मर्मत, पिसिसी ढलान, पशुसेवा र बालमैत्री कार्यक्रम, मिथिला सांस्कृतिक प्रवद्र्धन, खुला दिसामुक्त कार्यक्रम, चौक सौन्दर्यकरण तथा भ्यु टावर निर्माणलगायत क्षेत्रमा आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।

जलेश्वर नगरपालिकाले भने नागरिक समाजका अगुवाहरुले लगाएका सबै आरोप निराधार रहेको जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी कुनै आर्थिक अनियमितता नभएको तथा आर्थिक अनुशासन र कानूनको परिधिभित्रै रहेर रकम खर्च गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुझाएको १७ बुँदे मागको जवाफ एक महिनाभित्र उपलब्ध नगराइए चरणबद्ध आन्दोलनमा जाने निर्णय नागरिक समाजका अगुवाहरुले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जलेश्वर, ४ कात्तिक । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द

काठमाडौँ, कार्तिक ३ । लोक सेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ

फुङ्लिङ, ३ कात्तिक । ताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न

चितवन, ३० असोज । चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका