७ बैशाख २०८१, शुक्रबार

बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्दै


बाग्मती प्रदेशसभा

मकवानपुर । बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको ११औँ अधिवेशन आज दिउँसो १ बजे बस्ने भएको हो ।

प्रदेशसभा सचिवालयमा आज बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभामा अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !