१८ बैशाख २०८१, मंगलबार

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक जारी रहेको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेको हो ।

आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्ने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा सङ्गठन सुदृढीकरण विशेष अभियानको जानकारी, वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसङ्गठन युवा र विद्यार्थी, विभागको कामको व्यवस्थापन, सरकार र संसद्लाई कसरी प्रभावकारी बनाउने, कमिटीमा वरियताको विषय, महाधिवेसनको व्यवस्था, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका बैठकका एजेण्डामा छलफल हुने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !