१४ बैशाख २०८१, शुक्रबार

यस्ता छन् हरियो सागसब्जी खानुका फाइदाहरू


सागसब्जी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रो भान्सामा प्राय: हरियो साग हुन्छ । हरियो तरकारी खाँदाका फाइदा धेरै छ । यस्ले शरीरलाई स्वस्थ राख्नुको साथै फुड थेरापीको पनि काम गरि रहेको हुन्छ । हरियो सागले मस्तिष्कलाई स्वस्थ राख्नुको साथै आँखाको ज्योति बढाउन समेत राम्रो भूमिका खेल्दछ ।

पोषिलो परिकारले शरीरको रोग प्रतिरोधी क्षमता बढाएर क्यान्सर, मुटुरोग र मधुमेह जस्ता असाधारण रोगको सम्भावना समेत हटाउँछ । त्यसैले औषधीय महत्व भएका सागसब्जीका बारेमा सबैलाई ज्ञान हुनु आवश्यक छ ।

आज हामीले यसै कुरालाई ध्यानमा राखेर हरियो तरकारीको बारेमा जानकारी पस्कदैछौं । नेपालमा रायो, तोरी, फापर, बेथे, मेथी, सौँप, पालुंगो, चौँसुर, छ्यापी, लसुनका सागका साथै फर्सीका मुन्टा, हरियो प्याज, निउरो आदि हरियो सागको रूपमा खाइन्छ ।

यी सबै सागमा पाइने पोषकतत्व फरक-फरक छन् । तर समान रूपमा भिटामिन, खनिज तत्व पाइन्छन् । हरियो सागमा मुटुको रोगदेखि कब्जियतसम्म, पेटको क्यान्सरदेखि गठिया र जोर्नी तथा हड्डीका समस्यासम्म हटाउने क्षमता हुन्छ ।

मस्तिष्कको क्षमता बढाउन तथा बूढोपनका लक्षण हटाउन सागयुक्त भोजन निकै नै लाभदायक हुन्छ । उच्च रक्तचाप र शरीरको मोटोपन नियन्त्रण गर्न, हड्डी बलियो बनाउने भिटामिन डी पर्याप्त पाउन, शरीरको रोग प्रतिरोधी क्षमता बढाउन हरियो सागसब्जी अत्यन्त राम्रो खाद्यवस्तु हो ।

हाम्रो खानामा हरियो तरकारी अनिबार्य खाने बानी बसाल्नु पर्दछ । स्वास्थ्य रहन हामीलाई यस्ता खाना खान आवश्यक छ । शरीर स्वस्थ रहन यो आवश्यक छ । रोगसंग लड्न हामीलाई थुप्रै भिटामिनको आवश्यक हुन्छ । यस्को आपूर्ति गर्न हरियो सागसब्जी सवैभन्दा महत्वपूर्ण छ ।

यो पनि पढनुहोस्

स्वास्थ्य रहन अपनाउनुपर्ने केहि उपायहरु

कस्तो सागसब्जी खाने ? यस्तो छ डा. राम बहादुर बोहराको सुझाव

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !