८ बैशाख २०८१, शनिबार

रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु र जडीबुटीहरु


रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु र जडीबुटीहरु

रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु र जडीबुटीहरु । शरीरमा कुनै बाह्य रोगको संक्रमण होस् वा भित्री अंगहरुको खराबी आदि सबैमा रोगसँग लडेर शरीरलाई स्वस्थ्य बनाउने प्रणालीलाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नु भन्नाले हाम्रो शरीरमा विभिन्न रोग लाग्न नदिनु हो । इम्युनिटी पावर एवं रोग प्रतिरोधात्मक क्षमताले हाम्रो शरीरमा संभावित रोगको संक्रमणबाट रक्षा गर्छ ।

यदि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कम्जोर छ भने हामीलाई विभिन्न खालका रोगहरुले सजिलैसँग असर गर्ने गर्छन् । त्यसैले हामीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता कम्जोर हुन नदिनको लागी हाम्रो दैनिक खानपान र जीवनशैलीमा धेरै ध्यान पुर्याउनुपर्ने हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो नहुइन्जेलसम्म हाम्रो शरीरको बिकास राम्रोसँग हुन पाउदैन । कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा यस्ता रोगको संक्रमण छिटै हुने गर्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भयो भने मानिसलाई रुघाखोकी लगायत जुनसुकै रोगले पनि चाँडै आक्रमण गर्छ ।

हामीले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन ध्यान दिनुपर्छ । यो बलियो भयो भने हतपत कुनै किटाणुले आक्रमण गर्न सक्दैन । त्यसकारण यस्ता रोगको संक्रमण नहोस् भन्नाका लागि सबैभन्दा पहिलो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउन जरुरी छ र शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउन खासै कठिन पनि छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने खानेकुराहरु निम्न अनुसार छन् ।

१. बेसार

तरकारीमा बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ । बेसारमा यस्तो शक्ति हुन्छ, जसले किटाणु मार्छ । बेसारले हामीलाई ओस्टियोपोरोसिस (हड्डीको कमजोरी), ब्लड प्रेसरजस्ता विभिन्न रोगबाट बचाउँछ । नियमित खानामा बेसार प्रयोग गर्दा मांशपेसी नष्ट हुन दिँदैन ।

२. लसुन

लसुन संसारभरी नै प्रचलित मसला हो। लसुनमा जिंक तत्व हुन्छ। पहिलेका मानिसले लसुनलाई संक्रमणबाट बच्ने औषधिका रूपमा लिन्थे। यसकारण दैनिक भोजनमा लसुन समावेश गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।

३. अदुवा

अदुवाले घाँटीको संक्रमण हटाउन सहयोग गर्छ। साथै शरीर सुन्निएको तथा अन्य विभिन्न रोगमा समेत यसले उत्तिकै फाइदा पु-याउँछ। यसकारण यसको नियमित सेवनले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ।

४. पालुंगो

पालुंगाको साग शरीरमा प्रतिरक्षा शक्ति बढाउन अति उपयोगी छ । कारण यसमा भिटामिन ए, सी प्रशस्त मात्रामा पाइनुका साथै ‘एन्टिअक्सिडेन्टल’ तत्व हुन्छ । यी तत्वहरूले शरिरमा प्रतिरक्षा क्षमता वृद्धि गर्न सहयोग गर्छन्। यसमा ब्रोकाउलीमा जत्तिकै क्षमता हुन्छ ।

५. मेवा

मेवामा पाइने भिटामिन सी, बी, फोलेट र पोटासियम जस्ता तत्वले शरीरको प्रतिरक्षा शक्ति बढाउँछन्। साथै पोटासियमले पाचनशक्ति बढाउनुका साथै संक्रमणविरुद्ध काम गर्छ ।

६. रसिला फलफूल

रसिला फलफूलमा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ । भिटामिन सीले फ्लु तथा चिसोको एलर्जीसँग लड्ने क्षमता बढाउँछ । भिटामिन सी अंगुर, सुन्तला, मौसम, कागती, जुनार, भोगटेजस्ता फलफूलमा पाइन्छ । यसर्थ यस्ता फलफूल दैनिक भोजनमा समावेश गर्नुपर्छ ।

७. पहेंंला तरकारी तथा फलफूल

पहेंला तरकारी तथा फलफूलमा भिटामिन सी र ए को मात्रा पर्याप्त मात्रामा पाइन्छ। यस्ता खानेकुराले पनि शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउँछन्। आँप, पलम, आरु, खुर्सानी, गाजर, फर्सीजस्ता फलफूल तथा तरकारीमा उक्त भिटामिन पाइन्छन्।

८. ब्रोकाउली

यो तरकारी भिटामिन र खनिजका लागि उत्तम मानिन्छ। यसका साथै यसमा भिटामनि ए, सी र इ समेत पाइन्छ। यसलाई बढी पकाउनु भने हुँदैन। बढी पकाउँदा भिटामिन नष्ट हुन्छ।

९. बदाम

बदाममा भिटामनि सी र ई पाइन्छ । यो शरीरका लागि अत्यन्त पोषकतत्व मानिन्छ । यसका साथै बदाममा पाइने तेलले शरीरलाई झरिलो पार्छ । सुकेका ४६ दाना बदामले सय प्रतिशत भिटामिनको काम पूरा गर्ने मान्यता राखिन्छ।

१०. अंकुरित अन्न

केराउ, चना, मुंग, मेथी लगायतका गेडागुडी अंकुरित अन्नमा पर्दछ । यस्ता अन्नलाई रातभर पानीमा भिजाएर खाएमा यसले शरीरलाई स्वस्थ राख्छ । विशेषगरी यस्ता अन्नलाई उमार्नाले यसमा रहेको पोषक तत्वको क्षमता अझै बढ्ने गर्छ । साथै, यो पचाउनमा सजिलो हुनुका साथै खानमा स्वादिलो र पोषणयुक्त पनि हुन्छ ।

११. सलाद

सलाद भन्नासाथ हाम्रो सामु काँक्रो ,गाँजर, टमाटर, मुला, प्याज ,चुकंदर आउने गर्दछ । यस्ता सलाद खानामा धेरै भन्दा धेरै प्रयोग गर्नु पर्दछ । अझ सकिन्छ भने थालको एक भाग सलादले नै भर्नुपर्छ किनकी सलादले खानालाई सही तरीकाले पचाउनमा मद्दत गर्छ । साथै, यसमा रहेको पोषक तत्वले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।

१२. अमिला फल

सबैजसो अमिला फलमा भिटामिन सी पाइन्छ । भिटामिन सीले शरीरमा डब्लुबिसीको मात्रा बढाउन मद्दत गर्छ । यसबाट शरीरको रोगसँग लड्ने क्षमता बढ्छ ।

१३. ड्राइ फ्रुट्स

चिसो मौसममा ड्राइ फ्रुट्सको सेवन फाइदाजनक हुन्छ । यिनीहरुलाई रातभरी भिजाएर राखेर बिहान चिया वा दूधको साथमा खान सकिन्छ । खाना खानुभन्दा आधा घन्टा अगाडि ड्राइ फ्रुट्स खानु स्वास्थ्यका लागि हितकर हुन्छ ।

१४. सामुद्रिक खानाहरू

सामुद्रिक खानाहरूमा गंगटो, माछा पर्छन्। गंगटोमा जिंक तत्व हुन्छ। साथै यसमा खनिज र विभिन्न भिटामिन पनि पाइन्छ। जसले हाम्रो शरीरका आवश्यक कोषहरूलाई क्रियाशिल बनाउन मद्दत गर्छन्।

१५. चोकरसहित अन्न

गहुँ, कोदो, मकै जस्ता अन्नहरुको सेवन चोकरसहित गर्नु राम्रो हुन्छ । यसबाट कब्जियत हुँदैन र प्रतिरोधि क्षमता चुस्त-दुरुस्त रहन्छ ।

१६. तुलसी

तुलसीमा विभिन्न किसिमको औषधीय गुण पनि छ । यसमा पर्याप्त मात्रामा एन्टीबायोटिक गुण रहेको हुन्छ । जसले दुखाई कम गर्न, शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउन सहायता प्रदान गर्छ र तुलसीका यी गुण प्राप्त गर्नका लागि प्रत्येक तीनदेखि पाँच वटा पत्ता तुलसीको सेवन गर्नु पर्छ । यसलाई पानीमा हालेर तथा चियाको रुपमा पनि सेवन गर्न सकिन्छ भने काँचै पनि खान सकिन्छ ।

१७. पानी

पानीलाई प्रकृतिक औषधी पनि भनिन्छ । पर्याप्त मात्रामा पानीको सेवनले शरीरमा जम्मा भएको कयौ प्रकारको विषाक्तलाई बाहिर निकाल्न सकिन्छ र प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । पानीको सेवन गर्दा सकेसम्म तातो वा मनतातो पानीको सेवन गर्नुपर्छ ।

यो पनि पढ्नुहोस् 

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो

मानिसलाई रोग लाग्नुका प्रमुख कारणहरू

रोग प्रतिरोधात्मक क्षमता बढाउने सरल तरिकाहरु

रोग किन लाग्छ ? यस्ता छन् रोग लाग्नुको कारणहरु

रोग किन लाग्छ ? रोगको उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !