१२ बैशाख २०८१, बुधबार

यस्ता छन् गुन्द्रुक खानुका फाइदाहरु र बेफाइदाहरु


गुन्द्रुक
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालमा यसको प्रयोग धरै नै भएको पाइन्छ । होटलहरूमा गुन्द्रुक बढी प्रयोग हुने गरेको पाइन्छ । नेपालकाे विशेष खानाको रुपमा चिनिने गुन्द्रुक सागबाट बनाइने एक विशेष परिकार हाे । यो सागलाई सडाएर बनाउने गरेको हुन्छ । गुन्द्रुकको स्वाद अमिलो हुने हुनाले खानामा आनन्द आउनु स्वाभाविक हो ।

आजको लेखमा यस्का फाइदा बेफाइदाबारे प्रकाश पार्ने जमर्को गर्दैछौं । हामीले खाने हरेक बस्तु सवै ठिक र सवै बेठिक भन्ने होइन । यसका फाइदाहरु पनि छन् । दैनिक गुन्द्रुक खाँदा खाना रूच्ने खाना थोरै बढी खाने गरेको हुन्छ । खास गरी गुन्द्रुक अमिलो हुनाले मुखको स्वाद बढाउन राम्रो भुमिका खेलेको देखिन्छ ।

गुन्द्रुक जाडो मौसममा बढी खाने गरेको पाइन्छ । यसलाई विदेशीहरुले समेत निकै मन पराउने गरेकाे सुन्नमा आएको छ । हामी नेपालीलाई चिनाउने मुख्य आधार भनेको गुन्द्रुक र ढिडों नै हो । विशेष गरी गाउँमा यसलाई छाक टार्ने तरकारीको रुपमा मात्र लिइन्छ भने यसले शरिरमा दिने फाइदाको कारण पछिल्लो समयमा शहरको धनीहरुमा पनि यो लोकप्रिय भएको छ ।

ढिडों गुन्द्रुकको स्वाद मेट्नका लागि अब गाउँपाखा होइन, शहरका उत्कृष्ट रेष्टुरेन्ट चाहर्नुपर्ने अर्थात ढिडो र गुन्द्रुक निकै लोकपृय भएको छ । खानामा स्वाद खोज्नेका लागि यो खान्की सर्वोत्तम विकल्प हो । स्वास्थ्यको लागि गुन्द्रुक खानु धेरै फाइदा रहेकाे छ ।

यस्ता छन् गुन्द्रुक खानुका फाइदाहरु बेफाइदाहरु

१. गुन्द्रुक नियमित सेवन गर्दा तौल घटाउनमा मद्दत गर्छ भनेको छ ।

२. यसले क्यान्सरको सम्भावनालाई समेत कम गर्ने काम गर्छ भनेको छ । यसको ठोस कारण हो खानामा रूची बढ्नु । गुन्द्रुकसंग खाना बढी खाइन्छ ।

३. ग्याष्ट्रिक र अल्सर भने यसले असर गर्न सक्ने देखिएको छ । अल्सरको घाउ बढाउन सक्छ । अलसर र ग्यास्ट्रिकका रोगीले नखानु नै उपयुक्त छ ।

४. कोलस्ट्रोल घटाउछ भन्ने कुरा अनलाइन पत्रिकामा लेखेको पाइन्छ तर यो नितान्त गलत छ यसले कोलेस्ट्रोल घटाउने होइन बढाउन सक्छ । गुन्द्रुकमा प्रयाप्त एसिड हुने हुनाले बढी प्रयोग गर्नु हानीकारक छ ।

५. गुन्द्रुक जाडो मौसममा लोकप्रिय छ । यसले लेक लाग्नबाट बचाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । जसका कारण हिमाल जाने मान्छेले गुन्द्रुक बोकेको हुन्छ । यसको अर्को महत्वपूर्ण पक्ष भनेको खाना बढी खुवाउने काम गर्न राम्रो भुमिका खेल्दछ ।

नोट : गुन्द्रुक खास गरी मुखको स्वाद बढाउन खाने गरिएको हुन्छ । गुन्द्रुक खाँदा सादा खाने खाना भन्दा बढी खाना खाने हुनाले स्वास्थ्यमा राम्रो फाइदा हुने गरेको छ । मानिस रोगी हुनुका प्रमुख कारण खाना थोरै खानु पनि एक हो ।

यो पनि पढनुहोस्

गाईको घिउबाट गरिने रोगको उपचार

मोतियाविन्दुको उपचार यसरी गर्न सकिन्छ

होम्योपैथीक औषधिबाट ग्यास्ट्रिकको उपचार

नुन बढी खानु स्वास्थ्यका लागि कति हानिकारक छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !