७ बैशाख २०८१, शुक्रबार

यस्ता छन् बट्टाईको अण्डा खानुका फाइदाहरु


बट्टाईको अण्डा

बटाइको अण्डाको पोषण तत्वको बारेमा कतिपय लाई थाहा नहुन सक्छ । स्वास्थ्यका लागि यसको प्रयोग गरेर हामीले लाभ लिन सक्छौं । आजकाल लोकल कुखुराको अण्डा बजारमा प्रशस्त भएकाले बटाइको अण्डाप्रति धेरैको ध्यान पुग्न सकेको छैन ।

बटाइको अण्डामा भिटामिन ए,डी, बी १२ अधिक मात्रामा पाइन्छ । बटाइको अण्डामा जिएजेनथीन बढी मात्रामा पाइने हुनाले सुगर र ब्लड प्रेशरका, आँखाका लागि पनि फाइदाजनक हुन्छ ।

बट्टाईको अण्डा खाँदा दम, निमोनिया, रुखाखोकी र ग्याष्ट्रिक नियन्त्रण गर्न सकिने विज्ञहरु बताउँछन् । अण्डा खानाले मानिसलाई धेरै फाइदा हुने गरेको छ । आजकाल हामीले लोकल अण्डा बढी खाने गरेका छौं । विकासी अण्डा स्वास्थ्यका लागि त्यति उपयोगी छैन ।

बटाइको अण्डा सेवन गर्दा शरिरमा रहेको अनावश्यक टक्सिन निकाल्न पनि अण्डा लाभदायक रहेको छ । यसको नियमित सेवन गर्नाले वाथ जोर्नी दुख्ने समस्या समेत हल हुनेमा केहिको मत छ । स्वस्थ रहन विकासी अण्डा होइन बटाइको अण्डा नै प्रयोग गरौं भन्ने हाम्रो राय छ ।

आजकल हामीले प्राय: लोकल अण्डा बढी खाने गरेका हुन्छौं । लोकल अण्डा कति फाइदा र वेफाइदा छ भन्ने कुरा उसलाई दिने दाना र औषधिले छुट्याइएको हुन्छ । हामीले स्वास्थ्य ठिक होस् भन्नाका लागि अण्डाको सेवन बढी गर्ने बानी बसाल्नु पर्छ ।

हामीलाई चाहिने आवश्यक क्यालोरीको अभावमा नानाथरीका रोगले हामीलाई सताएको हुन्छ । हामीले शरिरलाई चाहिने आवश्यक क्यालोरी कति चाहिन्छ र केके बाट प्राप्त गर्न सकिन्छ भन्ने जानकारी हरेकलाई हुन आवश्यक छ । वर्तमान अवस्थामा हामीले सेवन गर्ने हरेक बस्तु स्वस्थ छ वा छैन भन्ने कुरा जानेर मात्र सेवन गर्न सके बरोबर फाइदा लिन सकिने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !