७ बैशाख २०८१, शुक्रबार

काफल खानुका फाइदाहरू यस्ता छन् जानौं


काफल

काफल प्राय: गर्मी मौसममा फल्ने फलहो काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । फल मात्र होइन यसको बोक्रा समेत औषधि गुणले भरिएको छ । मलाई काफल सारै मनपर्ने फलफूल अन्तर्गत पर्दछ ।

प्रकृतिले हामीलाई अनेकौं यस्ता फलफूल प्रदान गरेको छ । मौसम अनुसार हामीले फलफूल खायर यसको फाइदा उठाउन सकिन्छ । काफलको बोक्रामा पाइने एन्टीसेप्टिक गुण हुने हुनसले कफ र ज्वरो नियन्त्रणमा लाभदायिक मानिन्छ । यसमा एन्टी एलर्जिक गुण रहेको एक अध्ययनले देखाएको छ ।

काफलको बोक्रा पेटको क्यान्सर, ज्वरो, रक्तअल्पता, मुख सम्बन्धि रोग, कफ आदि समस्याको निदानमा लाभदायिक हुने बताइएको छ । पश्चिमी मुलुकहरुमा काफल जस्तै थुप्रै फलफूलको प्रयोगले मानव स्वास्थ्यमा कस्तो प्रभाव देखाउन र स्वास्थ्य लाभबारे दिन सक्छ भन्ने कुराको वैज्ञानिक अध्ययन, अनुसन्धान हुदैछन् ।

नेपाली जगंलमा फल्ने काफल मात्र होइन थुप्रै फलफूल बारे वैज्ञानिक अध्ययन हुन जरुरी छ । व्यवसायिक खेती गरी काफलको फल बजारमा सर्वसुलभ गराउन सके देशको अर्थतन्त्र र जनताको स्वास्थ्य दुबै सबल हुन सक्छ । यस तर्फ सबैको ध्यान दिन आवश्यक छ ।

काफलको प्रयोगबाट निको हुने रोगहरू

१. केसर, कालो तिल र पुरानो गुडमा काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिक धर्म सम्बन्धी कष्ट आराम हुन्छ । यो औषधि खानासाथ अन्य खानेकुरा दिनुपर्छ ।

२. काफलका बोक्राको काढा पाँच ग्राम चिनी वा मिश्री मिलाएर पिउनाले खोकी, दम, हृदय रोग, अपच र अरूचीमा पनि लाभ गर्दछ ।

३. काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि आराम हुन्छ ।

४. काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ ।

५. काफलको बोक्राको धुलो चाँडै निको नहुने घाउमा धूलो छरिदिए र त्यसैको काढा पकाएर प्रतिदिन धोईदियो भने निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !