७ पुस २०८१, आइतबार

हरियो सागसब्जी नै किन खाने ?


हरियो सागसब्जी

हरियो सागसब्जी नै किन खाने ? भन्ने सोच हरेक नेपालीको मनमा भएको हुन सक्छ । तर यसबाट हुने कतिपय फाइदाबारे सबैलाई थाहा नभएको हुनाले पनि मान्छेहरू सागसब्जी नखाने गरेको देखिन्छ । आज मैले सागबाट के कस्ता फाइदा हुन सक्छ भन्नेबारे प्रकाश पार्नेछु ।

दैनिक प्रात: उठ्ना साथ करेसाबारीमा जानु र नित्य हरियो सागलाई नियालेर हेर्ने गर्नु मात्र हेरेको भरमा तपाइको आँखाको ज्योति बढ्नेछ । हामीले हेर्दा मात्रै यति फाइदा हुन्छ भने खाँदा कति फाइदा भएको हुन सक्छ । आज व्यस्ताका कारण र प्रदुषण र आँखाले बढी काम गर्नुपर्दा आँखा कमजोर हुने गरेको हुन्छ ।

आँखाको ज्योति बढाउन हरियो सागसब्जीको नियमित सेवनले राम्रो फाइदा पुर्याउने गरेको हुन्छ । सागमा भिटामिन सीका साथै अरू थुप्रै पोषकतत्व हुन्छन् जसले आँखालाई तेजिलो बनाउन सहयोग गर्छ । हरियो सागमा क्याल्सियम पाइने हुनाले यसले हाम्रो हड्डिलाई बलियो बनाउदै जान थाल्दछ ।

आजकाल बजारमा भिटामिन क्याल्सियम आइरन जस्ता थुप्रै कृतिम भिटामिनले बजार ओगटेको छ । प्राकृतिक भिटामिनको सट्टामा यस्ता भिटामिनले हामीलाई फाइदा होइन बेफाइदा गर्दछ । तर पनि हामीले जान्दा जान्दै यस्ता भिटामिन खान बाध्य भएका छौं । यस्ता भिटामिन हामीले प्राकृतिक सागसब्जीबाटै प्राप्त गर्न सक्छौ ।

सागसब्जी नै किन नखाने ?

सागसब्जीको सेवनले एन्टीअक्सिडेन्ट हामीले सागबाट प्राप्त गर्न सक्ने छौं यसको साहेताबाट अनुहारलाई समेत तेजिलो बनाउन सक्नेछौं । लामो आयुसम्म बाँच्न हामीलाई स्वच्छ रगतको आवश्यक हुन्छ । रगतको कमिले गर्दा हामीलाई अनेकौं रोग लाग्न थाल्दछ ।

नियमित हरियो सागसब्जीको सेवन गर्नाले रगतको कमिलाई पुरा गरी थुप्रै रोग लाग्नबाट हामीलाई बचाउन राम्रो मद्दत गर्नेछ । तसर्थ बाल्यकालदेखि नै साग खाने बानी बसाल्नु अति उपयुक्त हुन्छ । हरियो सागले क्याल्सियम, फाइबर तथा आइरन प्रदान गर्छ जसले पेटको भित्री सफाइमा मद्दत पुर्‍याउँछ । कोलिन क्यान्सरबाट जोगाउने कैयौं मिनरल्स हरियो सागबाट प्राप्त हुन्छ ।

यस्तो बहुमुल्य प्राकृतिक सागसब्जी नियमित खानुस् । स्वास्थ्यमा सुधार गर्नुस् भन्ने हाम्रो राय छ । कृतिम भिटामिनको सट्टा सागसब्जी बढि भन्दा बढि प्रयोग गर्ने बानी बसालौं यसले फाइदै फाइदा पुराने कुरामा ध्यानसंग पढेर फाइदा उठाउ भन्ने हाम्रो राय सुझाव छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !