२४ बैशाख २०८१, सोमबार

दीपक-दीपाको सिनेमा हल आईएनआई आजदेखि सञ्चालनमा आउँदै


आईएनआई सिनेमा हल

काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला लगायतले सिनेमा हल खोलेका छन् । उनीहरुले काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै शंखमुल जाने बाटोमा आईएनआई सिनेमा हल खोलेका हुन् ।

वानेश्वरदेखि शङ्खमूल जाने बाटोको बायाँपट्टी रहेको हलमा दुईवटा स्क्रिन रहेको निर्माणका लागि करिब १० करोड लगानी लागेको बताइएको छ । यी दुई हलमा एकसाथ ४०० दर्शकले सिनेमा हेर्न पाउने छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभात रिमालको कम्पनीको लगानी रहेको छ ।

आईएनआई सिनेमा हल आजदेखि सञ्चालमा आउने भएको छ । हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गर्दै छ । आईएनआईले यो तेस्रो आउटलेटका रुपमा सञ्चालनमा ल्याउन लागेको हो ।

यसअघि यो समुहले काठमाडौं गोंगबु नयाँ बसपार्कको लोत्से मलमा र रुपन्देहीको भैरहवामा आईएनआई क्युबक्स सञ्चालनमा ल्याईसकेको छ । योसँगै आईएनआई सिनेमा नेपालको दोस्रो ठुलो मल्टिप्लेक्स चेनसमेत बनेको छ । शुक्रबारबाट सञ्चालनमा आउने भएपछि यो हल यतिबेला सिँगारिएर झकिझकाउ बनाइएको छ ।

कलाकार दीपकराज गिरीका अनुसार आज बिहान ८ बजे आईएनआई सिनेमा हल उद्घाटन गरेपछि सिनेमा घर सञ्चालनमा आउनेछ । आजबाट प्रदर्शनमा आएका दुई नेपाली सिनेमा ‘नाङ्गो गाउँ’ र ‘एक भगवत र एक गीत’ तथा ‘जवान’ र ‘दि नुन–२’ प्रदर्शन हुने दीपकले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !