१४ बैशाख २०८१, शुक्रबार

पल शाह प्रकरणमा ट्वीस्ट : नाबालिग गायिकाका बाबुले पनि फेरे बयान


पल शाह

काठमाडौं । अभिनेता पल शाहसंग सम्वन्धित बलात्कार घटनामा नाबालिग गायिकाका बाबुले पनि बयान फेरेसंगै उक्त प्रकरणमा ट्वीस्ट आएको छ । यसअघि बैशाख ४ गते आइतबार पनि शाहसंग सम्वन्धित प्रकरणमा पिडित भनिएकी नाबालिग गायिकाले पनि बयान फेरेसंगै नयाँ ट्वीस्ट आएको थियो ।

जिल्ला अदालत तनहुँमा आज मंगलबार बकपत्र गर्ने क्रममा नाबालिग गायिकाका बाबुले सुरुमा आफूले जाहेरी दिएतापनि पछि बुझ्दै जाँदा सो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् । पीडित गायिकाका बुवाले आफूलाई दबाब दिएको भनेर केही व्यक्तिहरूको नामसमेत लिएका छन् ।

आज उनका बुवाले पनि त्यस्तै ब्यहोराको बकपत्र गरेका हुन् । बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।

पीडित भनिएकी नाबालिग गायिका होस्टाइल भएपछि उनले आइतबार अदालतमा बयान फेरेकी थिइन् । उनले अरूको उक्साहटमा आफूले झूटो जाहेरी दिएको बताएकी थिइन् । ती बालिकाले पनि बकपत्रका क्रममा आफूमाथि बलात्कार नभएको बरु कलाकार शाह र आफू मिल्ने साथी भएको समेत बताएकी थिइन् ।

नाबालिग गायिका र उनका बाबु पनि होस्टाइल बनेसँगै मुद्दामा अर्को ट्विस्ट आएको छ भने उनीहरुको बकपत्रले पल शाहको पक्ष र समर्थकमा आज पनि खुसीयालीको किरण समेत छाएको छ ।

१६ वर्षभन्दा कम उमेरकी नाबालिग गायिकालाई बलात्कार गरेकोको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै तनुहँ र नवलपुर दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि जेल चलन गर्ने आदेश दिएपछि उनी हाल तनहुँ कारागारमा रहेका छन् ।

गत फागुन ११ गते गायिका समेत रहेकी नाबालिग एक बालिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । प्रहरीले शाहलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । यद्यपि बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

पल शाह प्रकरण : नाबालिग गायिकाले बयान फेरेसंगै नयाँ ट्वीस्ट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !