२२ बैशाख २०८१, शनिबार

अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइयो


पल शाह

तनहुँ । अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ । एक नाबालिग किशोरी गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला कारागार तनहुँमा रहेका शाहलाई बहसका लागि परिपत्र आएपछि आज नवलपुर जिल्ला अदालत पठाइएको हो ।

१७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका नायक शाहलाई चैत्र १० गते बिहिबार जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि चैत्र १० गते शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

गत फागुन ११ गते गायिका समेत रहेकी नाबालिग एक बालिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । प्रहरीले शाहलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !