१९ बैशाख २०८१, बुधबार

अभिनेता पल शाहलाई बयानका लागि गैँडाकोट ल्याइयो


पल शाह

गैँडाकोट । नाबालिग १७ वर्षीया गायिकामाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई बयानका लागि इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ ।

ती गायिकाले एउटा गीतको छायांकनका क्रममा गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा पलले आफूमाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार उनलाई १/२ दिन गैँडाकोटमा राखिनेछ ।

तनहुँमा अगाडि बढिरहेको पलको मुद्दा प्रक्रिया बयानपछि मिसिलसँगै उनलाई फेरि तनहुँमै पठाइनेछ । पलविरुद्ध पहिलोपटक ७ दिन र दोस्रोपटक १२ दिनको म्याद थप भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !