२६ बैशाख २०८१, बुधबार

पल शाहको घोषणा : प्रहरीसामु आज आफैं उपस्थित हुन्छु


पल शाह

काठमाडौं । नायक पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै माफीसमेत मागेका छन् । साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेको उनको भनाइ छ ।

एक नाबालिग गायिकाले प्रहरीमा उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी दिएपछि उनी प्रहरीको खोजीको सूचीमा परेपछि फरार रहँदै आएका छन् ।

१८ वर्षमुनिकी ती गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । ती गायिकाले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेकाे भन्दै पलविरुद्ध आज उजुरी दिएकी थिइन् ।

केही समयअघि फेसबुकमा उनले लेखेका छन्, ‘नमस्कार सबैमा, मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद !’

यो पनि पढ्नुहोस्

अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !