२४ बैशाख २०८१, सोमबार

चर्चित र्‍यापर ‘लाउरे’ लागूऔषध कसूरमा पोखराबाट पक्राउ


आशिष राना 'लाउरे'

पोखरा । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । हिजो बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की स्रोतले जानकारी दिएको छ । प्रहरीले लाउरेसहित अन्य तीन जनालाई नियन्त्रणमा लिएको छ ।

उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाइने भएको छ । आज बिहीबार अदालत बिदा भएकाले भोलि शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !