१४ बैशाख २०८१, शुक्रबार

भरतमणि पौडेललाई योगेश भट्टराईले गरे १ लाख सहयोग


भरतमणि पौडेललाई योगेश भट्टराई

काठमाडौं । स्ट्यान्ड-अप कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन-२ का विजेता ताप्लेजुङका भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग प्रदान गरेका छन् ।

कमेडी च्याम्पियन सिजन-२ को विजेता घोषणा गरिएका पौडेललाई १ लाख बराबरको चेक हस्तान्तरण गरेका छन् । भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई १ लाख व्यक्तिगत रूपमा सहयोग दिने आश्वासन दिएका थिए ।

आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको भट्टराईले बताएका छन् ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित दोखु घर भएका पौडेललाई विजेता बनेकोमा बधाइ तथा शुभकामना दिँदै भट्टराईले कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान र गरिमा बढाउन पौडेलद्वारा सहयोग पुग्ने विस्वास व्यक्त गरे ।

यो पनि पढ्नुहोस्

भरतमणि पौडेल बने दोस्रो ‘कमेडी च्याम्पियन’ को विजेता

ताप्लेजुङका भरतमणि पौडेल सिधै ‘कमेडी च्याम्पियन २’ को फाइनलमा प्रवेश

कमेडियन भरतमणिको पूर्व युवराज पारस शाहको गेटअपको भिडियो भाइरल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !