१४ बैशाख २०८१, शुक्रबार

कमेडियन भरतमणिको पूर्व युवराज पारस शाहको गेटअपको भिडियो भाइरल


कमेडियन भरतमणिको पूर्व युवराज पारस शाहको गेटअपको भिडियो भाइरल

काठमाडौँ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेलले पूर्व युवराज पारस शाहको गेटअपमा गरेको प्रस्तुतिको भिडियो सामाजिक संजाल टिकटकमा भाइरल भएको छ भने युट्युबको ट्रेनिङमा पर्न सफल भएको छ ।

आज शनिबार राती ९ बजेपछि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेट अपमा देखिन लागेका हुन् । यसअघि बिहीबार मात्र उक्त शो को नयाँ ट्रेलर सार्वजनिक गरिएको थियो ।

ट्रेलर सार्वजनिक भएपछि भरतमणिको यो लुक्सले चारैतिर चर्चा पाइरहेको छ । ताप्लेजुङका भरतमणि रेडियोमा कार्यक्रम चलाउँदा कलाकार र नेताहरुको क्यारिकेचर गर्दागर्दै हास्यव्यंग्य क्षेत्रमा प्रवेश गरेका हुन् ।

कमेडी च्याम्पियन सिजन–२ मा पूर्वमन्त्री गोकुल बाँस्कोटादेखि राष्ट्रिय सभा सांसद रामनारायण बिडारी मात्र होइन, पूर्वयुवराज पारस र पूर्वराजा ज्ञानेन्द्र शाहसम्मको क्यारिकेचर गरेर दर्शकको मन जितेका छन् ।

२०६९ साल माघमा उनी रेडियो तमोरको जागिर छोडेर काठमाडौं आए । कलाकारितालाई निखार्ने सोचले काठमाडौं आएका उनले रेडियो कान्तिपुरको ‘साथीसँग मनका कुरा’ कार्यक्रमका लागि अडिसन दिएपनि छनोट नभएर फेरि ताप्लेजुङ नै फर्किएर उही पुरानो अफिस रेडियो तमोर पुगेका थिए ।

काठमाडौंबाट निराशा लिएर फर्किएका उनलाई रेडियो तमोरका अग्रज सहकर्मीहरूले हौसला दिए । ताप्लेजुङ, दोखुका भरतमणि पौडेल अहिले काठमाडौंमा भाडामा बस्दै आएका छन् । भाडामा बस्दाका दुःख, रमाइलो उनलाई मज्जाले थाहा छ ।

पौडेलसहित उत्कृष्ट ४ मा पर्ने सफल बिक्की अग्रवाल, सन्तोष थापा, हिक्मत महरा पनि छन् । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिंदै पौडेलले दर्शक तथा निर्णायक मन जित्न सफल उनलाई उपाधिका दावेदारको रुपमा समेत मानिन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !