२६ बैशाख २०८१, बुधबार

आज काठमाडौंका यी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने


नेपाल विद्युत् प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले आज साढे ४ घण्टा विद्युत सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको हो ।

विद्युत प्राधिकरणका अनुसार आज बिहीबार गोङ्गबु बसपार्क क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको हो । यस्तै भोलि शुक्रबार चपली क्षेत्र तथा हात्तीगौंडा क्षेत्र र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।

बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्प विद्युत आपूर्ति बन्द हुनेछ । मौसम खराब भई काम नहुने अवस्थामा भने विद्युत सेवा अवरुद्ध नहुने प्राधिकरणले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !