१४ बैशाख २०८१, शुक्रबार

बाजुराबाट कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित


बद्रीप्रसाद पाण्डे

काठमाडौं । बाजुरा जिल्लाबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । काँग्रेसका पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

काँग्रेसका पाण्डेले ३१ हजार ७८६ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी पूर्वमन्त्री समेत रहेका एमालेका थापाले २६ हजार ३४९ मत प्राप्त गरे ।

यस्तै राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ मत र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ क्षेत्र नं. १ (१) बाट नेकपा (एकीकृत समाजवादी) का नरेशबहादुर शाही र प्रदेशसभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही पनि निर्वाचित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु