१४ बैशाख २०८१, शुक्रबार

ललितपुर क्षेत्र नं २ प्रदेशसभा १ मा एमालेका रामेश्वर श्रेष्ठ विजयी


रामेश्वर श्रेष्ठ

काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एमाले) विजयी भएको छ । आज समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

श्रेष्ठले कुल आठ हजार दुई सय ९८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले छ हजार आठ सय ५१ मत प्राप्त गरे । नेपाली कांग्रेसका रिसा श्रेष्ठले पाँच हजार नौ सय ७३, हाम्रो नेपाली पार्टीका गंगाराम रिजालले तीन हजार एक सय ६९ मत प्राप्त गरे ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका महन्त महर्जनले पाँच सय ८६, स्वतन्त्र उम्मेदवार रुपा सुवेदीले चार सय ४४, जनता समाजवादी पार्टी, नेपालका सुमन खड्काले तीन सय ५९ र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका विनोद सिलवालले एक सय ५४ र नेपालका राम शाहीले ५६ मत प्राप्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु