१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँ क्षेत्र नं २ : राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमको फराकिलो अग्रता कायमै


सोबिता गौतम, मणिराम फुयाल, ओनसरी घर्ती र कुन्ति पोखरेल

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम फराकिलो मतान्तरले अगाडि रहेकी छन् । गौतमले ७ हजार १८७ मत प्राप्त गरेर फराकिलो अग्रता कायमै राख्दै पहिलो स्थानमा रहेकी छन् ।

यस्तै नेकपा एमालेका मणिराम फुयालले ५ हजार ४९० मत ल्याएर दोस्रो स्थानमा रहेका हुन् । एमालेका फुयाललाई पछ्याउदै राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल ५ हजार ५१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेकी छन् ।

गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) का ओनसरी घर्तीले ४ हजार ९२९ मत प्राप्त गरेर चौथो स्थानमा रहेकी छन् । राप्रपाकी पोखरेलले यसपटक माओवादीकी घर्तीलाई झिनो मतान्तरले उछिनेकी छन् ।

काठमाडौँ क्षेत्र नं २ मा ८१ हजार ९७० मतदाता रहेकोमा २५ हजार ४४६ मत गणना गर्दा १ हजार ४८ मत बदर भएर २४ हजार ३९८ मत सदर भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !