मकवानपुरमा क्षेत्र नं. २ : एमालेका बर्तौलाको अग्रता Nepalpatra मकवानपुरमा क्षेत्र नं. २ : एमालेका बर्तौलाको अग्रता
१२ मंसिर २०७९, सोमबार

मकवानपुरमा क्षेत्र नं. २ : एमालेका बर्तौलाको अग्रता


विरोध खतिवडा र महेश बर्तौला

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को हालसम्म दुई हजार तीन सय ८५ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।

एमालेका उम्मलेदवार महेश बर्तौलाले लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई २३ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् । एमालेका बर्तौलाले आठ सय ४९ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार खतिवडाले आठ सय २६ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले चार सय ६९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजन मैनालीले २७ मत प्राप्त गरेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं. १ र २ को मत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माविमा गणना जारी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !