१४ बैशाख २०८१, शुक्रबार

अन्तत: एसईई स्थगित


एसईई परीक्षा

५ चैत, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोली विहीबार ६ गतेदेखि हुने परीक्षा स्थगित गरिएको हो ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका छन् । यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राखेर सावधानीपूर्वक सञ्चालन गर्ने निर्णय गरेको थियो ।

भोलीदेखि हुन लागेको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए । त्यसमध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु