२४ बैशाख २०८१, सोमबार

एक दिने ड्रिम अन शैक्षिक मेलाको तयारी पुरा


dream-on-fair

१२ भदौ, काठमाडौं । ड्रिम अन एजुकेशनल कन्सल्टेन्सी प्रा.लि.ले आयोजना गर्ने एक दिने शैक्षिक मेलाको तयारी पुरा भएको जनाएको छ । काठमाडौंको होटेल सांग्रिलामा आउँदो भाद्र १६ (1st Sep, 2018) मेला अयोजना हुँदैछ । उच्व शिक्षा अध्यायनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर मेला आयोजना गर्न लागेको हो ।

मेलामा अस्ट्रेलिया, अमेरिका लगायतका देसमा उच्च शिक्षा हासिलका लागि जान चाहाने विद्यार्थीहरुले कजेल तथा विश्व विद्यालयका बारे सम्पूर्ण जानकारी लिन सक्ने ड्रिम अन एडुकेशन कन्सलटेन्सीका प्रबन्ध निर्देशक भिमबहादुर थापाले जानकारी दिए ।

यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी, त्यहाँको शिक्षा नीति, जाने प्रक्रिया, शुल्क, रहँदाको बसाइ तथा रोजगारीका बारेमा परामर्श पाउन सक्ने आयोजकले बताएको छ ।

मेला विहान ९ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुनेछ ।

सन् २०१५ मा स्थापना भएको ड्रिम अन एजुकेशनल कन्सल्टेन्सी प्रा.लि.ले अहिलेसम्म अध्ययनको लागि विदेशीका विभिन्न शैक्षिक संस्थाहरु र विश्वविद्यालयहरुमा धेरै संख्यामा विद्यार्थीहरुलाई पठाउन सफल भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !