१८ बैशाख २०८१, मंगलबार

काठमाडौं महानगरले रोक्यो कान्तिपुर हिसान शैक्षिक मेला


कान्तिपुर हिसान शैक्षिक मेला

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्तिपुर हिसान शैक्षिक मेला रोकेको छ । भृकुटीमण्डपमा आज बिहीबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले रोकेको हो ।

आवश्यक प्रक्रिया पुरा नगरेको भन्दै महानगर प्रहरीले शैक्षिक मेला बन्द गराएका हुन् । आवश्यक प्रक्रिया पुरा गरेपछि पुनः सञ्चालन गर्न दिइने काठमाडौँ महानगर स्रोतले जनाएको छ ।

स्थानीय तहसँग समन्वय नगरी चलाएको र एईईको रिजल्ट प्रकाशित नहुँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति लिने क्रममा स्थानीय तहसँग पनि सहमति लिनु भनेकोमा अनुगमनको क्रममा काठमाडौँ महानगरपालिकासँग सहमति नलिएकोले मेला बन्द गराइएको हो ।

उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूका लागि हिसानले एडुफेयर (शैक्षिक मेला) को आयोजना गरेको थियो । उक्त मेलाको सभामुख देवराज घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !