२० बैशाख २०८१, बिहिबार

नोबेल मेडिकल र विद्यार्थीबीच सहमति


नोबेल मेडिकल कलेज

विराटनगर । नोबेल मेडिकल प्रशासन र विद्यार्थीवीच सहमति भएको छ। यो सँगै चार महिनादेखि आन्दोलनमा रहेका विद्यार्थीहरु मध्ये १० जना विद्यार्थीहरुलाई छुट्टै कक्षा सञ्चालन गर्ने विषयमा बुधबार छलफल भएपछि उनीहरु पढ्न तयार भएका हुन् ।

कलेजले अतिरिक्त शुल्क माग गरेको भन्दै विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । तर आंशिक माग सम्बोधन भएपछि ७१ जना विद्यार्थी पढाइमा फर्किएपनि बाँकी १० जना भने आफूहरुलाई सुरक्षा खतरा रहेको भन्दै नोबेलबाट स्थानान्तरण माग गर्दै आन्दोलनमा उत्तिएका थिए ।

जारी सहमति पत्रमा कलेजका प्राचार्य प्रा. डा. रामहरि घिमिरे र सल्लाहकार डा. केपी शर्मा र विद्यार्थीको तर्फबाट आन्दोलनरत १० जना विद्यार्थीले हस्ताक्षर गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !