१४ बैशाख २०८१, शुक्रबार

फलफूल, माछा-मासु र तरकारी आयातमा रोक


खानेकुरासंग के मिसाएर खानु हुँदैन

सिन्धुली, २ वैशाख । सिन्धुली जिल्लामा फलफूल, माछा-मासु र तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । सिन्धुली जिल्लालाई कोरोना भाइरसको उच्च जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि प्रतिबन्ध लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आज भएको सर्वदलीय, सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार तराई लगायत अन्य जिल्लाबाट आयात फलफूल, माछामासु, अण्डा, कुखुरा, चल्ला र हरियो तरकारी ढुवानीमा एक साताका लागि प्रतिबन्ध लगाइएको छ ।

उक्त बैठकले जिल्लामा हाल सञ्चालन भएका अत्यावश्य सेवाका पसल दूध, फलफूल, तरकारी तथा खाद्य सामग्रीका पसल सञ्चालनको समयसीमा घटाएको छ । उक्त पसल दिनमा एक पटक मात्र सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । “त्यस्ता पसल सञ्चालकले हरेक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने छन्”, उहाँले भन्नुभयो ।

आज भएको सर्वपक्षीय तथा सर्वदलीय बैठकका निर्णय आज राति १२ बजेदेखि वैशाख ९ गते राति १२ बजेसम्म लागू हुने भएकाले बाहिरी जिल्लाबाट यस जिल्लाको प्रयोजनको लागि उल्लेखित सामग्रीको ओसारपसार नगर्न र जिल्लाका खाद्यान्न पसल तोकिएको समयमा मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !