४ जेष्ठ २०८१, शुक्रबार

सुनको मूल्यमा किन बारम्बार परिवर्तन आइरहन्छ?


gold

आजकाल विवाह, पास्नी लगायतका सामाजिक संस्कार हुन् या अन्य सामान्य अवस्था होस्, सुनको प्रयोग विभिन्न स्वरूपमा बढ्दो रूपमा भैरहेको छ। तर, यसको मूल्यमा आउने गरेको उतारचढावले भने धेरैलाई असजिलो, चिन्ता, तनाव आदि बढाईदिने गरेको छ। यहाँ सुनको मूल्यमा आउने उतारचढावको कारण खोतल्ने प्रयास गरिएको छ।

वास्तवमा, सुनको मूल्यको अप्रत्यक्ष सम्बन्ध विश्वको अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारीहरूसँग छ। यी व्यापारीहरूले आफ्नो अथाह सम्पत्ति सुरक्षित रूपमा राखी त्यसबाट उचित नाफा कमाउने धूनमा हुन्छन्। यसको लागि उनीहरू आफ्नो सम्पत्ति विभिन्न रूपमा राख्छन्। ती मध्ये सुन, अमेरिकी डलर र कच्चा तेल प्रमुख छन्। व्यापारीहरूले यी वस्तु छान्नुको कारण यिनीहरू विश्वभर जहाँसुकै जुनसुकै बेला प्रयोग हुन सक्नु हो ।

अमेरिकी डलर र सुन:
अमेरिकी डलर, सुन र संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रको त्रिकोणात्मक सम्बन्ध हुन्छ । संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रमा आर्थिक कृयाकलापहरू बढ्दा अमेरिकी डलरको प्रयोग बढी माग बढेर यसको मूल्य बढ्छ। यसले सुनको माग घटाई मूल्य घटाउँछ।

कच्चा तेल र सुन:
संयुक्त राज्य अमेरिका लगायत कुनै पनि अर्थतन्त्रमा आर्थिक क्रियाकलापहरू बढ्दा पेट्रोलियम पदार्थको प्रयोग बढ्ने कुरा स्वाभाविक हो। यस्तो कुराको पूर्वानुमान हुने बित्तिकै अन्तर्राष्ट्रिय व्यापारीहरूले कच्चा तेल किनेर राख्न थाल्छन्। यसले गर्दा कच्चा तेलको माग बढी सुनको माग घट्छ र सुनको मूल्य घट्छ।

यसबाट के निष्कर्ष निस्कन्छ भने संयुक्त राज्य अमेरिकाको मात्र आर्थिक क्रियाकलापमा बढोत्तरी आउने अवस्थामा अमेरिकी डलर र कच्चा तेलको, अन्य देशको मात्र आर्थिक क्रियाकलापमा बढोत्तरी आउने अवस्थामा कच्चा तेल मात्रको, संयुक्त राज्य अमेरिका लगायत विश्वकै अर्थतन्त्रको आर्थिक क्रियाकलापहरूमा बढोत्तरी आउँदा पनि अमेरिकी डलर र कच्चा तेलकै माग बढी सुनको माग घट्ने र सामान्य अवस्थामा मात्र सुनको माग बढी यसको मूल्य बढ्ने गर्दछ । स्थानीय र राष्ट्रिय कारणबाट सुनको मूल्यमा अपवादमा मात्र प्रभाव पर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !