२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा ४७७ जनाले गरे रक्तदान


राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा ४७७ जनाले गरे रक्तदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले विभागीय प्रमुख सञ्जय श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको थियो । बैंकको केन्द्रीय कार्यालय परिसरमा तथा देशब्यापी रुपमा सम्पूर्ण प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४७७ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

संयोजक एवं उपकार्यककारी अधिकृत विनयरमण पौडेलको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, कर्मचारी ट्रेड युनियनका अध्यक्षहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा ४७७ जनाले गरे रक्तदान

बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम, स्वास्थ्य परीक्षण, विभिन्न खेलकुद प्रतियोगिता(फुटसल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, म्युजिकल चेयर्स, चेस, हाजिरी जवाफ) कार्यक्रम आयोजना भैरहको छ । आगामी माघ १० गते बैंक ५८ वर्ष पूरा गरी ५९ औं वर्षमा प्रवेश गर्दैछ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८६ वटा शाखा कार्यालय, ७० वटा एक्सटेन्सन काउन्टर, ३०० वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ ।

यसैबीच वार्षिकोत्सवको अवसरमा शनिबार बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !