१८ बैशाख २०८१, मंगलबार

सुनको मूल्य एकैदिन एक हजार आठ सयले बढ्यो


सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार छ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख आठ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार आठ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार ५० छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार तीन सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०ले बढेर रु एक हजार चार सय २५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !