२२ बैशाख २०८१, शनिबार

चन्द्र ढकाल बने नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष


चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल बनेका छन् । उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभा र निर्वाचन सकिएसँगै ढकाल २० औं अध्यक्ष बनेका हुन् ।

महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छाले ढकाललाई आजै पद तथा गोपनीयताको सपथ खुवाएसँगै उनी २० औं अध्यक्ष बनेका हुन् । २०७७ सालमा सम्पन्न महासंघको चुनावबाट ढकाल वरिष्ठ उपाध्यक्ष बनेका थिए ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार ढकाल आज बिहीबारबाट अध्यक्ष बनेका हुन् । यसैगरी उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित अञ्जन श्रेष्ठ ढकालको तीन वर्षे कार्यकाल सकिएपछि स्वतः अध्यक्ष हुने छन् ।

यो पनि पढ्नुहोस्

अञ्जन श्रेष्ठ उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष निर्विरोध निर्वाचित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु