२० बैशाख २०८१, बिहिबार

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी नियुक्त


प्रताप सुवेदी कृषि विकास बैंक

काठमाडौँ । कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा प्रताप सुवेदी नियुक्त भएका छन् । अर्काे व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक सेवेदी नियुक्त भएका हुन् ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !