२० बैशाख २०८१, बिहिबार

सुनको मूल्य तोलाको एक लाख नाघ्यो


सुन

काठमाडौं । आज सुनको मूल्य २ हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदी पनि तोलामा ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !