२० बैशाख २०८१, बिहिबार

कृषि विकास बैंकको १५ औं साधारण सभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश पारित


कृषि विकास बैंकको १५ औं साधारण सभा सम्पन्न

काठमाडौं । कृषि विकास बैंकले १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा बिहीवार कम्पनीको केन्द्रीय कार्यालय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको हो । साथै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको थियो । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !