२२ बैशाख २०८१, शनिबार

नबिल बैंकद्वारा बैतडीको पञ्चेश्वर गाउँपालिकामा ८ दिने तालिम कार्यक्रम सुरु


नबिल बैंकद्वारा बैतडीको पञ्चेश्वर गाउँपालिकामा ८ दिने तालिम कार्यक्रम सुरु

काठमाडौँ । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउदै समृद्धितर्फ अग्रसर गराउने उद्येश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धि ८ दिने तालिम कार्यक्रम सुरु भएको छ । यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउ“पालिका बीच त्रिपक्षीय समझदारी भएको थियो ।

यस कार्यक्रमले स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सिर्जनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको छ ।

पञ्चेश्वर गाउ“पालिकाले युवा उद्यमका लागि आव्हान गरेको सूचनामा दरखास्त दिई छनौट भएका युवाहरु २०७८/०९/११ देखि २०७८/०९/१८ सम्म संचालन हुने यस ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागि छन । तालिममा ४०० जनाले आवेदन दिएका थिए ।

नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङकै सुरुवात गरेको हो । नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासकै लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।

कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पपहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रकै व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएकँ यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !