२२ बैशाख २०८१, शनिबार

बैंक अफ काठमाण्डू लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न


बैंक अफ काठमाण्डूको २७औं वार्षिक साधारण सभा

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २७औं वार्षिक साधारण सभा आज मिति २०७८ मंसिर २९ गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष श्री प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।

साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले श्री नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।

सभाले २०७७/७८ सम्मको संचित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !