२१ बैशाख २०८१, शुक्रबार

कोरोना महामारीसँग जुध्न ४ अर्ब ३२ करोडको सहमति


अर्थ मन्त्रालय

काठमाडौँ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार बराबरको सहमति दिएको छ ।

मन्त्रालयले आज २६ केन्द्रीय अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर तथा अक्सिजन प्लान्ट र ट्यांकका लागि रु दुई अर्ब ९५ करोड २० लाख बराबरको सहमति दिएको हो ।

मन्त्रालयले विज्ञप्तिमार्फत केन्द्रीय र प्रादेशिक गरी २५ अस्पताललाई एचडियु स्थापनाका लागि १ ३६ करोड ६५ लाख ६० हजारको सहमति दिइएको जनाएको छ ।

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरुप मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !